काठमाडौं । २१ वर्षका युवा गाउँपालिका अध्यक्षमा निर्वाचित भएका छन्। पर्साको कालिकामाई गाउँपालिकाको अध्यक्षमा जनता समाजवादी पार्टीबाट उम्मेदवारी दिएका वशिष्ट कुमारले जित हात पारेका छन्।
अध्यक्षमा निर्वाचित भएका बशिष्टले ३ हजार ७४३ मत ल्याए। उनका प्रतिस्पर्धी नेपाली कांग्रेसका अजय कुमारले ३ हजार ६२६ मत ल्याए।यसअघि सर्लाहीको रामनगर गाउँपालिकामा २२ वर्षीय युवक अध्यक्षमा निर्वाचित भएका थिए। माओवादीबाट उम्मेदवारी दिएका २२ वर्षीय युवक राजाबाबु गाउँपालिका अध्यक्षमा निर्वाचित भएका थिए।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, ०४ जेठ २०७९, १५ : ०३
लेखकबाट थप