जुम्ला । जुम्लामा नेकपा एकीकृत समाजवादी पार्टीले ५ वटा वडामा निर्वाचित भएको छ । स्थानीय तह निर्वाचनमा जुम्लाका ८ ओटा स्थानीय तहका ६० वडामध्ये पछिल्लो मत परिणामअनुसार पाँच वडाका वडाध्यक्षमा समाजवादी निर्वाचित भएको हो ।
त्यस्तै, चन्दननाथ नगरपालिका – ७ वडामा समाजवादीका गणेश महत वडाध्यक्षमा निर्वाचित भएका छन् । वडाध्यक्षमा निर्वाचित महतले २७९ मत प्राप्त गरेका छन् । उनका प्रत्यासी एमालेका कमल बहादुर महतले २३९ मत प्राप्त गरी पराजित भएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएकाे छ
यस्तै, हिमा गाउँपालिका –२ वडाको वडाध्यक्षमा समाजवादी पार्टीका हरिबहादुर रोकाया निर्वाचित भएका छन् । उनले १६६ मत प्राप्त गरी निर्वाचित भएका हुन् । उनका प्रतिद्वन्दी माओवादीका जयबहादुर रोकायाले १११ मत प्राप्त गरेका छन् । सोही गाउँपालिका –७ वडाको वडाध्यक्षमा समाजवादीका विक्रम बहादुर शाही निर्वाचित भएका छन् । उनले २६० मत प्राप्त गरी निर्वाचित भएका हुन् । उनका प्रत्यासी माओवादीका वीरजित रोकायाले १८० मत प्राप्त गरी पराजित भएका छन् ।
कनकासुन्दरी गाउँपालिका –७ को वडाध्यक्षमा समाजवादीका तेजबहादुर जिसी निर्वाचित भएका छन् । उनले २८८ मत प्राप्त गरी वडाध्यक्षमा निर्वाचित भएका हुन् । उनका प्रत्यासी एमालेका अजबहादुर रोकाय १८० मत प्राप्त गरी पराजित भएका हुन् ।
यस्तै, गुठीचौर गाउँपालिका –२ को वडाध्यक्षमा समाजवादीका दिपबहादुर रोकाया निर्वाचित भएका छन् । उनले ३२५ मत प्राप्त गरी वडाध्यक्षमा निर्वाचित भएका हुन् । उनका प्रत्यासी कांग्रेसका उजिलो बुढाले ३१३ मत प्राप्त गरेकाे निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, ०३ जेठ २०७९, १३ : ५४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
पूर्वराजा ज्ञानेन्द्र शाह जुम्लामा
जुम्लाको गुठीचौर गाउँपालिकाले पारित गर्यो नक्सा पासलगायतका ५ विधेयक
जुम्लामा दुई हजारभन्दा बढी हेक्टरमा मार्सीधानको खेती
जुम्लाको स्याउ झापामा बिक्री
मार्सी धानमा ‘ब्लाष्ट’ रोगको सङ्क्रमण
जुम्लाका किसान स्याउ टिप्न व्यस्त