काठमााडौं । कुमारी क्यापिटलले यहि जेठ १२ गतेदेखि नयाँ सामुहिक लगानी कोष योजनाको इकाई निष्काशन गर्ने भएको छ । क्यापिटलले कुमारी सामुहिक लगानी कोष अन्तर्गत कुमारी धनवृद्धि योजना नामको १० वर्षे अवधिको बन्दमुखी योजनाको इकाई निष्काशन गर्न लागेको हो ।
यस योजनाका लागि निष्कासनमा आउने कुल इकाईमध्ये १५ प्रतिशत अर्थात एक करोड ८० लाख इकाई कोष प्रवर्धक कुमारी बैंकलाई सुरक्षित गरी बाँकी रहेको १० करोड २० लाख इकाई सर्वसाधारणलाई बिक्री गर्न लागेको हो । उल्लेखित इकाई खरीदका लागि आवेदकहरुले न्यूनतम १०० देखि एक करोड २० लाख इकाईसम्म आवेदन दिन सक्ने व्यवस्था छ । यस इकाई खरीदका लागि छिटोमा जेठ १७ गतेसम्म आवेदन दिन सकिनेछ । उक्त अवधिभित्र माग बमोजिम आवेदन नपरेमा भने जेठ २६ गतेसम्म आवेदन दिन सकिने मिति तय गरिएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, ०३ जेठ २०७९, ११ : ५२
लेखकबाट थप