संसद बैठकमा राष्ट्रपति भण्डारीलाई देउवाको ब्यंग्य : राष्ट्रपतिज्यूले नभने पनि म सम्माननीय सभामुख भन्न चाहान्छु

बुधबार, ०९ जेठ २०७५, १३ : १८
संसद बैठकमा राष्ट्रपति भण्डारीलाई  देउवाको ब्यंग्य : राष्ट्रपतिज्यूले नभने पनि म सम्माननीय सभामुख भन्न चाहान्छु

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्दा राष्ट्रपतिजीले सभामुखलाई सम्माननीय  शब्द प्रयोग नगरेता पनि म आँफुले सम्मानीय सभामुख भन्न चाहेको बताएका छन् । बुधबारको संसद बैठकमा बोल्दै देउवाले भने ‘राष्ट्रपतिज्यूले नभने पनि म सम्माननीय सभामुख भन्न चाहान्छु,’ देउवाले बैठकको सुरुमै यसरी आफ्नो भनाई सुरु गरे ।

नीति तथा कार्यक्रम पढ्ने क्रममा राष्टपतिले  नीति तथा कार्यक्रम पुस्तिकामा सम्माननीय सभामुखज्यू लेखिए पनि सो शब्द पढेकी थिइनन् । संसद संघीय संसदको संयुक्त बैठकलाई सम्बोधन गर्ने क्रममा राष्ट्रपति भण्डारीले सभामुख र राष्ट्रियसभा अध्यक्षलाई आदरार्थी शब्द प्रयोग नगरेकोमा कांग्रेसले आपत्ति जनाएको छ । सम्माननीय भन्नुपर्ने भन्दै मिनेन्द्र रिजालसहित १७ सांसदले नीति तथा कार्यक्रमा संशोधन नै हालेका छन् ।

देउवाले नीति तथा कार्यक्रमले समग्र नेपाली जनताको भावना प्रतिविम्बत गर्न नसकेको अरोप लगाए । ‘सरकारले आफुलाई राष्ट्रवादी बन्न खोजेको देखियो, सबै नेपाली जनता राष्ट्रवादी हुन् त्यसका लागि दस्तावेज पल्टाइरहनु पर्दैन’देउवाले भने ।

काँग्रेस सासद मिनेन्द्र रिजालले सरकारको नीति तथा कार्यक्रमप्रति टिप्पणी गर्दै नीति तथा कार्यक्रमलाई प्राथमिकताविहिन दस्तावेजको संज्ञा दिए । उनले ५ वर्षमा कृषि क्षेत्रको उत्पादन दोव्वर पार्ने कुरा स्पष्ट नभएको भन्दै कृषिका लागि सिञ्चाई महत्वपुर्ण भएपनि त्यसवारे कुनै कार्यक्रम नभएको बताए ।

उनले नीति तथा कार्यक्रमलाई ‘१ बर्षे योजना हो कि ५ बर्षे योजना रु भनेर प्रश्न गरे । संसदमा पेश गरेको दस्तावेजलाई गम्भीरतापूर्वक लिन सांसदहरुलाई आग्रह गर्दै उनले प्राथमिकताविहिन दस्तावेजमात्र भएको बताए  ।

प्रतिक्रिया दिनुहोस