घोराही उपमहानगरपालिकामा सत्तारुढ गठबन्धनलाई  पछि पार्दै एमालेले लियो अग्रता

सफल खबर संवाददाता

मंगलबार, ०३ जेठ २०७९, ०७ : ४५
घोराही उपमहानगरपालिकामा सत्तारुढ गठबन्धनलाई  पछि पार्दै एमालेले लियो अग्रता

काठमाडौं । घोराही उपमहानगरपालिकामा सत्तारुढ गठबन्धनलाई नेकपा एमालेले पछाडि पारेको छ । बिहान ६ बजेसम्मको मत परिणामअनुसार प्रमुखमा नेकपा एमालेका नरुलाल चौधरीले १४ हजार २०५ मत प्राप्त गरेका छन् ।

प्रमुखमै सत्तारुढ गठबन्धनबाट उम्मेदवार बनेका नेकपा माओवादी केन्द्रका हेमराज शर्माले १२ हजार १३६ मत पाएका छन् । उनी एमालेका चौधरीभन्दा २ हजार ७९ मतले पछि परेका छन् । यस्तै, उपप्रमुखमा नेकपा एमालेकी हुमा डिसीले १३ हजार ७७२ मत पाएर अग्रता लिएकी छन् ।

सत्तारुढ गठबन्धनबाट उम्मेदवार बनेका काँग्रेसका भुपबहादुर डागीले १३ हजार २९८ मत पाएका छन् । उपप्रमुखमा एमालेभन्दा गठबन्धन ४७४ मतले पछाडि छ ।

प्रतिक्रिया दिनुहोस