धनुषाको जनकनन्दनी गाउँपलिका अध्यक्षमा जसपा विजयी

सफल खबर संवाददाता

मंगलबार, ०३ जेठ २०७९, ०७ : ११
धनुषाको जनकनन्दनी गाउँपलिका अध्यक्षमा जसपा विजयी

जनकपुर । धनुषाको एक पालिकामा जनता समाजवादी पार्टी (जसपा) विजयी भएको छ ।

जनकनन्दनी गाउँपलिकाको अध्यक्षमा जसपाका दिपेन यादव विजयी भएका हुन् । यादवले ३ हजार १ सय ५७ मत र उनका  निकटतम् प्रतिद्वन्द्वी नेपाली कांग्रेसका सुदेश कुमार चौधरीले २ हजार ७ सय ७८ मत मात्र प्राप्त गरेको निर्वाचन अधिकृत ठुलबाबु दाहालले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस