विराटनगर-१८ को वडाध्यक्षमा स्वतन्त्र उम्मेदवार विजयी

सफल खबर संवाददाता

सोमबार, ०२ जेठ २०७९, १५ : ३०
विराटनगर-१८ को वडाध्यक्षमा स्वतन्त्र उम्मेदवार विजयी

विराटनगर विराटनगर-१८ को वडाध्यक्षमा स्वतन्त्र उम्मेदवार विजयी भएका छन्। जनता समाजवादीबाट टिकट नदिएपछि स्वतन्त्र उम्मेदवार (लाल्टिन) चुनाव चिह्न लिएका जितेन्द्रकुमार साह वडाध्यक्षमा विजयी भएका हुन्। साहले ७१६ मत ल्याएर वडाध्यक्ष निर्वाचित हुँदा जसपाका उम्मेदवार दिनेशकुमार यादव ६८ मतले पछि परे।

यादवले ६३८ मत पाएका छन्। सो वडामा स्वतन्त्रबाट थप २ सदस्य गौरव मण्डल र ढुरिया यादवसमेत विजयी भएका छन्।

प्रतिक्रिया दिनुहोस