आजको मौसम : पाँच वटा प्रदेशमा वर्षाको सम्भावना

सफल खबर संवाददाता

सोमबार, ०२ जेठ २०७९, ०६ : ५५
आजको मौसम : पाँच वटा प्रदेशमा वर्षाको सम्भावना

काठमाडौं । आज मुलुकका केही क्षेत्रको वर्षाको सम्भावना छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार दिउँसो प्रदेश १, बागमती  र गण्डकीका थोरै स्थान तथा लुम्बिनी र कर्णालीका पहाडी भूभागका एक दुई स्थानमा हल्का वर्षाको सम्भावना छ ।

हाल नेपालमा स्थानीय वायु र भारतको बिहार, पश्चिम बंगाल आसपास रहेको न्यून चापीय रेखाको प्रभाव छ ।राति प्रदेश १ र  गण्डकीका केही स्थान तथा बागमती र लुम्बिनीका एक(दुई स्थानमा हल्का वर्षाको सम्भावना छ ।

मंगलबार देशका केही स्थानमा मेघ गर्जन र चटयाङहावाहुरी सहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। राति प्रदेश १, मधेश र लुम्बिनीका केही स्थान तथा गण्डकी र कर्णालीका पहाडी भूभागका एक(दुई स्थानमा  मेघ गर्जन र चटयाङसहित हल्का वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस