भक्तपुर : सुर्यविनायक नगरपालिकाको मेयरमा काँग्रेस र उपमेयरमा समाजवादी अगाडी

रासस

आइतबार, ०१ जेठ २०७९, ०९ : १२
भक्तपुर : सुर्यविनायक नगरपालिकाको मेयरमा काँग्रेस र उपमेयरमा समाजवादी अगाडी

भक्तपुर । भक्तपुरको सुर्यविनाय नगरपालिकाको मेयर पदमा काँग्रेसका उम्मेदवार र उपमेयरमा नेकपा एकीकृत समाजवादीका उम्मेदवारले अग्रता कायम राखेका छन् । 

जारी पछिल्लो मत गण्नामा सुर्यविनायकमा काँग्रेस मेयरका उम्मेदवार निशान ढुंगेलले १४३४ मत ल्याउदा एमालेका उम्मेदवार वासुदेव थापाले १२९१ मत ल्याएका छन् । तेस्रो नम्बरमा राप्रपाका राधिका रानाभाटले ५५२ मतले पछ्याउदैछन् । 

त्यसैगरी उपमेयरतर्फ एमालेका सरिता भट्टराईले १२५८ मत ल्याउदा नेकपा एकीकृत समाजवादीका श्यामसुन्दर बस्नेतले १०१४ मत पाएका छन् ।