दैलेखः नौमुले गाउँपालिका अध्यक्षमा माओवादीका छवि सुवेदी विजयी

सफल खबर संवाददाता

आइतबार, ०१ जेठ २०७९, ०७ : ४७
दैलेखः नौमुले गाउँपालिका अध्यक्षमा माओवादीका छवि सुवेदी विजयी

दैलेख । दैलेखको नौमुले गाउँपालिकाको अध्यक्षमा माओवादी केन्द्र विजयी भएको छ । माओवादीका छवि सुवेदी ३२०० मत ल्याएर अध्यक्षमा निर्वाचित भएका हुन् ।

सुवेदीका निकटतम प्रतिद्वन्द्वी  कांग्रेसका भले बुढामगरले २५४४ मत ल्याएका छन् भने तेस्रो भएका नेकपा एमालेका शसिराम विश्वकर्माले १९२० मत पाए ।

दैलेख माओवादीको  कर्णाली प्रदेशकै कमजोर जिल्लाका रुपमा चिनिन्छ । स्थानीय तहको अघिल्लो निर्वाचनमा माओवादी दैलेखमा शून्य थियो ।
यस्तै,  गाउँपालिकाको उपाध्यक्षमा एकीकृत समाजवादीका गंगबहादुर शाही विजयी भएका छन् । उनले २८४३ मत पाए ।

उनका प्रतिस्पर्धी  कांग्रेसकी अमृता सिंहले २४०५ मत ल्याइन् । तेस्रो भएकी एमालेकी गीत चन्दले १९१८ मत पाइन् । नौमुलेमा माओवादी र एकीकृत समाजवादीको गठबन्धन थियो ।

प्रतिक्रिया दिनुहोस