जुम्ला । जुम्लाका ८ स्थानीय तहमा ६० वडा रहेका छन् । अहिलेसम्म भएको मतगणना अनुसार जुम्लामा नेपाली कांग्रेसले ४ वडामा जित हासिल गरेको छ । यस्तै नेकपा एमालेका उम्मेदवार ३ वडामा विजयी भएका छन् । तातोपानी गाउँपालिका-१ को वडाध्यक्षमा नेपाली कांग्रेसबाट कर्णबहादुर कठायत विजयी भएका छन् । उनी ३४२ मत प्राप्त गर्दै वडाध्यक्षमा निर्वाचित भएका छन् । वडाध्यक्षका प्रत्याशी माओवादी केन्द्रका लोकबहादुर कठायतले २३९ मत गरेका थिए ।
यस्तै हिमा गाउँपालिका-१ मा वडाध्यक्षका उम्मेदवार कांग्रेसका रतनबहादुर शाही विजयी भएका छन् । सिंजा गाउँपालिका-१ मा कांग्रेसका हरिनन्द आचार्य विजयी भएका छन् ।
चन्दननाथ नगरपालिका-१ मा कांग्रेसका तिलकप्रसाद न्यौपाने ३०४ मत प्राप्त गर्दै विजयी भएको मुख्य निर्वाचन अधिकृत ज्वाहरप्रसाद सिंहले बताए । वडाध्यक्षका प्रत्याशी माओवादीका राजबहादुर भक्तले २४५ मत प्राप्त गरेका छन् ।
तिला गाउँपालिका-१ मा माओवादीका जगतबहादुर बस्नेतको प्यानल विजयी भएको छ । उनले ३४६ मत प्राप्त गरेका छन् । कनकासुन्दरी गाउँपालिका-१ मा माओवादीका भीम भण्डारी ३४६ मत प्राप्त गर्दै विजयी भएका छन् । त्यस्तै पातारासी गाउँपालिका-१ मा वडाध्यक्षका उम्मेदवार माओवादीका लालसिंह ऐडी विजयी भएका छन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, ३१ बैशाख २०७९, १८ : ३०
लेखकबाट थप
सम्बन्धित समाचारहरु
भरतपुर महानगर अपडेट : विजय सुवेदीलाई १२ मतले उछिन्दै रेनु दाहालले लिइन् अग्रता
अजयमेरुको अध्यक्षमा माओवादी र उपाध्यक्षमा कांग्रेस विजयी
भरतपुर महानगर अपडेट: रेनु दाहाललाई ४१ मतले उछिन्दै विजय सुवेदीले लिए अग्रता
दिनभर लुम्बिनीमा बिताएर भारतीय प्रधानमन्त्री मोदी फर्के
काठमाडौँमा मतान्तर बढाउँदै बालेन्द्र, दोस्रो स्थानका स्थापित ३५ सय मतले पछि
काठमाडौं महानगरको मतगणनामा भइरहेको ढिलाइप्रति आयोगको ध्यानाकर्षण