मनाङमा सकियो मतगणनाः ४ पालिकामध्ये २ कांग्रेस, २ एमाले

सफल खबर संवाददाता

शनिबार, ३१ बैशाख २०७९, १२ : ४३
मनाङमा सकियो मतगणनाः ४ पालिकामध्ये २ कांग्रेस, २ एमाले

पोखरा । मनाङमा मतगणना सकिएको छ । चार पालिका रहेको यहाँ दुईवटाको अध्यक्षमा कांग्रेस र दुई वटामा एमालेका अध्यक्ष विजयी भएका छन् ।

नासों गाउँपालिका र नार्पाभूमीमा कांग्रेस विजयी हुँदा चामे र मनाङ ङिस्याङमा एमाले विजयी भएका छन् । नासों गाउँपालिकामा कांग्रेसका धनबहादुर गुरुङले एमालेका मनबहादुर गुरुङलाई पराजित गरेका हुन् ।

नार्पाभूमीमा कांग्रेसका कोन्जो तेन्जिङ लामाले कांग्रेसकै बागी कृष्णबहादुर लामालाई हराएका हुन् । चामे गाउँपालिकामा एमालेका लोकेन्द्र घलेले कांग्रेसका छिरिङ ध्वर्जे लामालाई पराजित गरे । मनाङ ङिस्याङमा एमालेका कान्छा घलेले कांग्रेसकी छिरिङ ओङमा घलेलाइ पराजित गरेका हुन् ।

कान्छा र लोकेन्द्र दोश्रो पटक पालिका अध्यक्षमा निर्वाचित भएका हुन् । २०७४ को चुनावमा पनि चामे र मनाङ ङिस्याङ एमाले तथा नासों र नार्पाभूमिमा कांग्रेस विजयी भएको थियो ।

प्रतिक्रिया दिनुहोस