नेकपाले दियो ४४१ सदस्यीय केन्द्रीय कमिटीलाई पूर्णता (नामसहित)

मंगलबार, ०८ जेठ २०७५, १५ : ४५
नेकपाले दियो ४४१ सदस्यीय केन्द्रीय कमिटीलाई पूर्णता (नामसहित)

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले ४४१ सदस्यीय केन्द्रीय कमिटीलाई पूर्णता दिएको छ । ६ जना स्थायी आमन्त्रित केन्द्रीय सदस्य छन् । पार्टी महासचिवले जारी गरेको विज्ञप्ती अनुसार बर्णानुक्रम अनुसार केन्द्रीय कमिटीका सदस्यहरुको नाम राखिएको छ । तत्काल बरिष्ठता मिलाउन नसकिएकाले बर्णानुक्रम अनुसार नेताहरुको नाम राखिएको हो ।

हिजो प्रधानमन्त्रीको सरकारी निवासमा बसेको पार्टी सचिवालयको पहिलो बैठकले तत्कालीन एमाले र माओवादी केन्द्रबाट मनोनीत केन्द्रीय सदस्यहरूको सिफारिसलाई अनुमोदन गरेको थियो । ४४१ सदस्यीय केन्द्रीय केन्द्रीय कमिटीमा तत्कालीन एमालेका तर्फबाट २४१ जना र तत्कालीन माओवादीका तर्फबाट २०० जना छन् । ६ जना आमन्त्रिण केन्द्रीय सदस्यमा अमिक शेरचन, अमृत बोहरा, केशव बडाल, पुष्पराज कँडेल, पेशल खतिवडा र सोमनाथ अधिकारी प्यासी छन् ।

प्रतिक्रिया दिनुहोस