रुकुमपूर्व । रुकुमपूर्वको पुथाउत्तरगंगा गाउँपालिकाको पेल्मामा केहीबेर अघिबाट मात्र मतदान सुरू भएको छ ।
दुई दिन अघि नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रबीच भएको झडपको विषयलाई लिएर कांग्रेसले मतदानमा भाग नलिने जनाएपछि मतदान हुन सकेको थिएन ।प्रमुख जिल्ला अधिकारी कृष्णबहादुर खड्काले विवादको विषयमा सहमति भएकाले दिउँसो १२ बजेर ५ मिनेटदेखि मतदान सुरु भएको जानकारी दिए ।
मतदानको लागि निर्वाचन आयोगले निर्धारण गरेको समय बिहान ७ बजेदेखि अपराह्न ५ बजेसम्म हो । पेल्मामा निर्धारित समयभन्दा झण्डै ७ घण्टा ढिलो मतदान सुरु भएको हो
प्रमुख जिल्ला अधिकारी खड्काले अपराह्न ५ बजेभित्र मतदानस्थलमा प्रवेश गरिसकेका सबैले मतदान गर्न पाउने बताए । त्यहाँ ४९२ मतदाता भएकाले छिट्टै मतदान सकिनेमा आफूहरु आशावादी रहेको प्रजिअ खड्काले बताए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, ३० बैशाख २०७९, १४ : २७
लेखकबाट थप