निर्वाचन आयाेगलाई नै मतदान शिक्षा आवश्यकता देखिएकाे छ : जसपा अध्यक्ष यादव

सफल खबर संवाददाता

शुक्रबार, ३० बैशाख २०७९, १३ : ५९
निर्वाचन आयाेगलाई नै मतदान शिक्षा आवश्यकता देखिएकाे छ : जसपा अध्यक्ष यादव

काठमाडौं ।जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले निर्वाचन आयोगले मतपत्र सहज बनाउन नसकेको आरोप लगाएका छन्।

शुक्रबार विराटनगर-१४ स्थित स्नात्तकोत्तर क्याम्पसको विज्ञान संकायस्थित मतगणना केन्द्रमा मत खसाल्दै अध्यक्ष यादवले मतदानमा धेरै मत बदर हुने संभावना रहेकोमा असन्तुष्टि व्यक्त गरेका हुन्।‘निर्वाचन आयोगलाई नै मतदान शिक्षा आवश्यकता देखिएको छ। चेतना र शिक्षाको अभाव भएको मुलुकमा दुई-दुई पन्नाको लामो मत पत्र बनाउन हुन्न थियो। मतपत्र दुई तीन भागमा बाडेर दिँदा सहज हुने थियो। तर, जटिल बनाइएको छ’, उनले भने।

अहिलेको मतपत्र ठूलो अन्यौल बनाउने खालको भएको उनको भनाइ छ। यस विषमा दलहरूले सुझाव दिएको बताएका अध्यक्ष यादवले तर सुझावको आधारमा काम नभएको आराेप लगाए।उनले भने, ‘आयोगले नमूना मत पत्र तयार गरी सार्वजनिक गर्दै त्रुटि देखियो। त्यो बेला नै सच्चाउनुपर्ने आवश्यकता रहेको थियो।’

विराटनगरमा गठबन्धनतर्फबाट यादवका छोरा अमरेन्द्र यादव उपमेयरको उम्मेदवार रहेका छन्। सोही वडामा यसअघि उनको पार्टीमा सक्रिय रहेका उमेश यादवले पार्टी परित्याग गरी स्वतन्त्रबाट मेयरको उम्मेदवारी दिएका छन्। जसका कारण जसपालाई केही हदसम्म चिन्तित बनाएको छ।

प्रतिक्रिया दिनुहोस