मतदान केन्द्रमा प्रहरी जवानले बोकेको हतियार अचानक पड्कियो

सफल खबर संवाददाता

शुक्रबार, ३० बैशाख २०७९, १३ : ३८
मतदान केन्द्रमा प्रहरी जवानले बोकेको हतियार अचानक पड्कियो

काठमाडौं । सुनसरीको एक मतदान केन्द्रमा प्रहरी जवानले बोकेको हतियार अचानक पड्किएको छ।सुनसरीको भोक्राहानरसिंह गाउँपालिका–२ स्थित श्री आधारभूत विद्यालय मतदानस्थलको सुरक्षामा खटिएका जवानले बोकेको राइफल अचानक पड्किएको हो।

राइफल पड्किएपछि मत हाल्न लाइनमा बसेका मतदाताबीच भागदौड मच्चिएको थियो। प्रहरी जावन विशेष याक्खाले बोकेको इन्सास राइफल अचानक पड्किएपछि होहल्ला भई मतदाता बीच भागदौड भएको थियो।

मतदानस्थलमा सुरक्षाका लागि खटिएका प्रहरीले बोकेको राइफल पड्किए पनि घटनामा कुनै मानवीय तथा भौतिक क्षति नभएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ।

प्रतिक्रिया दिनुहोस