धनकुटा । मतदान प्रक्रियाको विषयमा लोकतान्त्रिक गठवन्धन र नेकपा एमालेका प्रतिनिधिबी विवाद हुँदा सहिदभूमि गाउँपालिका वडा नं. ६ स्थित ठाकुरदेवी मावि र ६ नं. वडा कार्यालय मतदान स्थलका तीन वटै केन्द्रको मतदान प्रक्रिया रोकिएको छ ।
मतदान प्रक्रियाको विषयमा दुवै पक्षबीच भएको विवादले केहि समयको लागि मतदान कार्य स्थगित गरिएको मतदान केन्द्र–कका मतदान अधिकृत गणेश एडीले बताए ।जिल्ला निर्वाचन अधिकारी जयराम श्रेष्ठले पनि अशक्तको मत हाल्ने क्रममा विवाद भएको जानकारी दिए ।
धनकुटाका प्रहरी प्रवत्ता डिएसपी चिरञ्जीवी दाहालले केही विवाद आएर छलफल भइरहेको र केही समयमा मतदान सञ्चालन हुने जानकारी दिए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, ३० बैशाख २०७९, १३ : २९
लेखकबाट थप