सिटिजन लाइफको मुनाफा १४ करोड ६३ लाख

सफल खबर संवाददाता

शुक्रबार, ३० बैशाख २०७९, १३ : १९
सिटिजन लाइफको मुनाफा १४ करोड ६३ लाख

काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्स लिमिटेडले चालु आर्थिक वर्षको चौथो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गरेको छ । कम्पनीले सार्वजनिक गरेको विवरण अनुसार खुद नाफा ०.४० प्रतिशतले बढेर १४ करोड ६३ लाख ३७ हजार रुपैयाँ आर्जन गरेको छ । गत आर्थिक वर्षको सोहि अवधिमा कम्पनीले १४ करोड ५७ लाख ४८ हजार रुपैयाँ आर्जन गरेको थियो ।

चालु आर्थिक वर्षको ९ महिनाको अवधिमा कम्पनीको खुद बीमा शुल्क आर्जन ४७ प्रतिशतले बढेर ३ अर्ब ५९ करोड ५० लाख ६४ हजार रुपैयाँ आर्जन गरेको छ । गत आर्थिक वर्षको सोहि अवधिमा कम्पनीको खुद बीमा शुल्क आर्जन २ अर्ब ४४ करोड १० लाख २६ हजार रुपैयाँ रहेको थियो ।चैत मसान्तसम्मको अवधिमा कम्पनीको खुद दाबी भुक्तानी ११५.२४ प्रतिशतले बढेर ८१ करोड ४८ लाख ७ हजार रुपैयाँ रहेको छ । गत आर्थिक वर्षको सोहि अवधिमा कम्पनीको खुद दाबी भुक्तानी ३७ करोड ४१ लाख ५४ हजार रुपैयाँ रहेको छ ।

समिक्षा अवधिसम्ममा कम्पनीको जगेडा कोष १० प्रतिशतले बढेर ८३ करोड ३९ लाख १४ हजार रुपैयाँ, जीवन बीका कोष ८३.९१ प्रतिशतले बढेर ५ अर्ब ५३ करोड ७८ लाख ८५ हजार रुपैयाँ, महाविपत्ती कोष २७.७४ प्रतिशतले बढेर ९ करोड १९ लाख ७२ हजार रुपैयाँ, अभिकर्ता कमिशन ३२ प्रतिशतले बढेर ६० करोड ४० लाख ४० हजार रुपैयाँ र ब्यवस्थापक खर्च १७.०९ प्रतिशतले बढेर ५१ करोड १ लाख १६ हजार रुपैयाँ रहेको छ ।

प्रतिक्रिया दिनुहोस