स्थानीय तह निर्वाचनले लाेकतन्त्र र गणतन्त्रकाे जरा गाडेकाे छ : शेखर काेइराला

सफल खबर संवाददाता

शुक्रबार, ३० बैशाख २०७९, १३ : ०८
स्थानीय तह निर्वाचनले लाेकतन्त्र र गणतन्त्रकाे जरा गाडेकाे छ : शेखर काेइराला

नेपाली कांग्रेस नेता डा. शेखर कोइरालाले स्थानीय तहको निर्वाचनले संघीय लोकतन्त्र र गणतन्त्रको जरा गाडेको बताएका छन्।

विराटनगर वडा नम्बर ७ स्थित आदर्श माविको मतदान केन्द्रमा मत खसालेपछि नेता कोइरालाले शान्तिपूर्ण रूपमा भइरहेको निर्वाचनले विगतमा उब्जिएका सबै भ्रम चिर्न सफल भएको बताएका छन्।उनले भने, ‘निर्वाचनका विषयमा विगतमा भएका अन्यौल र भ्रम चिरेको छ। धेरैले निर्वाचन हुने नहुने भन्ने आशंका गरिहेका थिए। तर ती गरिएका अड्कल र भ्रम चिरिएको छ।’

निर्वाचनले लोकतन्त्र, गणतन्त्रलाई संस्थागत गरेको उनले बताए।‘निर्वाचनले संघीयता गणतन्त्रको जरा बलियो बनाएको छ। अब सबैमा प्रदेश र केन्द्रीय निर्वाचन समेत समयमै हुने विश्वास जगाएको छ’, नेता काेइरालाले भने।

पत्रकारसँगको संक्षिप्त कुराकानीका क्रममा नेता कोइरालाले अहिलेको गठबन्धनले निर्वाचनमा जित हासिल गर्नेमा जोड दिए।उनले भने, ‘अहिले हारेर गठबन्धन टुट्ने हो भने, कस्तो गठबन्धन बनाएछौँ। स्थानीय सरकारको निर्वाचनको परिणामले केन्द्रीय गठबन्धनलाई असर पुराउनेछाैँ। यो कुरा बुझ्न जरुरी रहेको छ।’

प्रतिक्रिया दिनुहोस