धनुषामा ३० प्रतिशत मत खस्यो

सफल खबर संवाददाता

शुक्रबार, ३० बैशाख २०७९, १२ : ४८
धनुषामा ३० प्रतिशत मत खस्यो

काठमाडौं । स्थानीय तहको निर्वाचनअन्तर्गत भइरहेको मतदान धनुषामा केही स्थानबाहेक शान्तिपूर्ण रूपले भइरहेको छ।

बिहान ७ बजेदेखि सुरु भएको मतदानमा साढे ११ बजेसम्ममा ३० प्रतिशत मतदाताले मतदान गरेको मधेस प्रदेश निर्वाचन कार्यालयका प्रमुख श्रीधन पन्थीले जानकारी दिए।धनुषामा १८ वटा स्थानीय तहका लागि मतदान हुँदैछ। एक उपमहानगरपालिका, ११ नगरपालिका र ६ वटा गाउँपालिका रहेको धनुषामा ४ लाख ९ हजार ९८५ जना मतदाता रहेका छन्।जसमा २ लाख १६ हजार ८७५ जना पुरुष र १ लाख ९३ हजार १०४ जना महिला रहेकी छन्। यस्तै, ६ जना अन्य रहेका छन्।

बिहानको समयमा मतदाताको संख्या न्यून भएपछि समय बढ्दै जाँदा मतदाताहरूको संख्या समेत मतदान स्थलमा बढेको छ।धनुषाका प्रहरी प्रमुख प्रहरी उपरीक्षक वसन्त रजौरेले जिल्लामा सामान्य रूपमा निर्वाचन भइरहेको बताए।सहिदनगर नगरपालिकाको एक मतदान स्थलबाहेक अन्य कुनै मतदान स्थलमा अहिलेसम्म झडप तथा विवाद नभएको उनले जानकारी दिए।

प्रतिक्रिया दिनुहोस