मुम्बईको तेस्रो जित

सफल खबर संवाददाता

शुक्रबार, ३० बैशाख २०७९, १२ : १२
मुम्बईको तेस्रो जित

काठमाडौं । ड्यानियल साम्सको महत्वपूर्ण तीन विकेटप्रेरित मुम्बई इन्डियन्सले बिहीबार राति इन्डियन प्रिमियर लिग (आईपीएल)मा चेन्नई सुपर किंग्सलाई पाँच विकेटले हराएको छ । 

मुम्बईको वाङ्खडे रंगशालामा टस हारेर ब्याटिङका लागि निम्त्याइएको चेन्नईले १६ ओभरमा सबै विकेट गुमाएर ९७ रन बनाएको थियो । ९८ रनको लक्ष्य मुब्बईले १४.५ ओभरमा पाँच विकेट गुमाएर पूरा गरेको हो । 

जारी सिजन मुम्बईको यो तेस्रो जित हो । १२ खेलबाट ६ अंक जोडेको मुम्बई पुछारमा छ । समान खेलबाट ४ अंक जोडेको चेन्नई पुछारबाट दोस्रो स्थानमा छ । चेन्नई र मुम्बई आईपीएलमा सबैभन्दा सफल टिम हुन् । 

चेन्नईका लागि महेन्द्रसिंह धोनीले सबैभन्दा धेरै अविजित ३६ रन बनाए । ड्वाने ब्राभोले १२ रन बनाउँदा अम्बती रायडु र शिबम दुबेले समान १० रन बनाए । मुम्बईका साम्सले चार ओभरमा १६ रन दिएर तीन विकेट लिए । कुमार कार्तिकेय र रिले मेरेडिथले समान दुई विकेट लिए । जसप्रित बुमराहले एक विकेट लिए । ९८ रनको लक्ष्य पूरा गर्नेक्रममा लितक बर्माले अविजित ३४ रन बनाए । कप्तान रोहित शर्मा र ऋतिक शोकीनले समान १८ रन बनाए । टिम डेबिडले अविजित १६ रन बनाए । 

चेन्नईका मुकेश चौधरीले तीन विकेट लिँदा सिमरजीत सिंह र मोइन अलीले एक एक विकेट लिए । 

प्रतिक्रिया दिनुहोस