दोलखाको बैतेश्वर र मेलुङमा झडपः १३ राउण्ड हवाई फायर, एक जनाको टाउको फुट्यो

सफल खबर संवाददाता

शुक्रबार, ३० बैशाख २०७९, १२ : ०४
दोलखाको बैतेश्वर र मेलुङमा झडपः १३ राउण्ड हवाई फायर, एक जनाको टाउको फुट्यो

काठमाडौं ।दोलखाको बैतेश्वर मतदानस्थल र मेलुङ गाउँपालिकाको ४ नम्बर मतदान स्थलमा झडप हुँदा प्रहरीले १३ राउण्ड हवाई फायर गरेको छ ।

जिल्ला प्रहरी कार्यालय दोलखाका प्रमुख डीएसपी गंगाप्रसाद पौडेलका अनुसार मतदानस्थलमा ढुंगा प्रहार गर्दा १ जनाको टाउकोमा गम्भीर चोट लागेको प्रहरीले बैतेश्वरमा ११ राउण्ड र  मैलुङमा दुई राउण्ड हवाई फायर गरेर अवस्था नियन्त्रणमा लिएको डीएसपी पौडेलले लोकान्तरलाई बताए । अहिले दुवै ठाउँको मतदान स्थगित भएको छ ।

प्रतिक्रिया दिनुहोस