स्थानीय तह निर्वाचन

बझाङको जयपृथ्वी-७ मा मतपत्र च्यातियो

सफल खबर संवाददाता

शुक्रबार, ३० बैशाख २०७९, ११ : ४८
बझाङको जयपृथ्वी-७ मा मतपत्र च्यातियो

बझाङ । बझाङको जयपृथ्वी नगरपालिका वडा नं‍. ७ अन्तर्गतको मतदानस्थल सुनिपिपल चौर मावि मतदान केन्द्रमा झडप भएको छ ।सत्ता गठबन्धन र एमालेका कार्यकर्ताबीचको झडपका क्रममा केही मतपत्र च्यातिएको छ ।

झडप नियन्त्रणमा लिन प्रहरीले हवाई फायर पनि गरेको छ । झडप भएको ठाउँ नेकपा एमालेका केन्द्रिय सदस्य तथा बझाङ जिल्ला सहइन्चार्ज ऐन महरको मतदानस्थल पनि हो ।

प्रतिक्रिया दिनुहोस