बाराको पचरौतामा रोकियो मतदान

सफल खबर संवाददाता

शुक्रबार, ३० बैशाख २०७९, ११ : ४५
बाराको पचरौतामा  रोकियो मतदान

बारा । बाराको पचरौता नगरपालिका-२ स्थित बरगाछी मतदान केन्द्रमा तनाव भएको छ ।

नेकपा एमालेका उम्मेदवार र कार्यकर्ताले बुथ कब्जा गरी एक पक्षीय रुपमा मतदान गरेको आरोप लगाउँदै विपक्षी राजनीतिक दलका कार्यकर्ताले प्रदर्शन गरेपछि मतदान प्रक्रिया रोकिएको छ ।निर्वाचन अधिकृतलाई मतदान केन्द्र बाहिर निकालेर एक पक्षीय रुपमा मतदान गरेको आरोप उनीहरुले लगाएका छन् ।

मतदान गर्ने विषयमा दुईपक्षबीच विवाद उत्पन्न भएका कारण केही समय मतदान प्रक्रिया रोकिएको र विवाद समाधानको प्रयास भइरहेको बारा प्रहरीले बताएको छ ।

प्रतिक्रिया दिनुहोस