स्थानीय तह निर्वाचन

प्रचण्डले चितवनको पुलिस स्कुल शान्तिपुरबाट मतदान गर्ने

सफल खबर संवाददाता

विहीबार, २९ बैशाख २०७९, १८ : ३२
प्रचण्डले चितवनको पुलिस स्कुल शान्तिपुरबाट मतदान गर्ने

चितवन । स्थानीय तहको निर्वाचन भोलि शुक्रबार हुँदैछ । निर्वाचन आयोगले सबै मतदान केन्द्रमा कर्मचारी खटाइसकेको छ, सुरक्षाकर्मी पनि परिचालन भइसकेका छन् । मतदानका लागि नेकपा (माओवादी केन्द्र)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ चितवन पुगेका छन् ।

प्रचण्ड मतदानको दिनभन्दा दुई दिन अगाडि नै चितवन आएर बसेका हुन् । यस्तै भरतपुर महानगरपालिकाको मेयरको उमेदवार रेनु दाहालले पनि भरतपुर–१४ स्थित पुलिस स्कुल शिवनगरबाट मतदान गर्दै छन् ।

पाँच दलीय गठबन्धनबाट मेयरमा रेनु दाहालको उमेदवारी छ । मेयर उमेदवार स्वयं रेनुले पनि पुलिस स्कुलबाट मतदान गर्ने माओवादी केन्द्र चितवनका संयोजक आरसी अधिकारीले जानकारी दिए । दुवै जनाले पुलिस स्कुल शान्तिपुरबाट मतदान गर्दै हुनुहुन्छ । कतिबेला गर्ने भनेर समय भने तय भइसकेको छैन,’ उनले भने ।

 

प्रतिक्रिया दिनुहोस