काठमाडौं । साताभर उकालो लागेको शेयर बजार बिहीबार अन्तिम दिन करेक्सन भयो । उतार चढावबीच बजार परिसूचक नेप्से १८ अंकले ओरालो लागेर २३ सय ५० कायम भएर थामियो ।
कारोबार भने यस दिन थप बढेर साढें २ अर्ब नजिक रह्यो । यस दिन उत्पादनमूलक र अन्य समूहबाहेक अरु समूह ओरालो लागे । जीवन बीमा समूहमा सबैभन्दा उच्च अढाई सय अंक बराबरको गिरावट आयो । अरु पनि अधिकांश समूह दोहोरो अंकले ओरालो लागे ।
उत्पादनमूलक समूहमा भने ८० अंकको बृद्धि भयो । यस दिन नेपाल स्टक एक्सचेन्जमा २ सय २८ कम्पनीको ५२ लाख २७ हजार कित्ता शेयर २ अर्ब ३३ करोड बराबरमा किनबेच भएको एक्सचेन्जले जनाएको छ । यस दिन १ सय ५१ कम्पनीको शेयर मूल्यमा गिरावट आउँदा ३४ कम्पनीको बढ्यो भने ९ को स्थिर रहेको पनि नेप्सेले जनाएको छ ।घटेको बजारमा पनि जाल्पा सामूदायिक लघुवित्तको शेयर मूल्य भने १० प्रतिशतले बढ्यो ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, २९ बैशाख २०७९, १५ : ५२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
सेयर बजार २७६७ अंकमा झर्यो
सेयर बजारका सबै सूचक बढे, कारोबार घट्यो
नेप्से परिसूचक ९ अंकले बढ्यो
सेयर बजारका सबै सूचक घटे
बढ्यो सेयर बजार, ७ अर्ब ४६ करोडको कारोबार
दोहोरो अंकले घट्यो सेयर बजार