नर्सहरुको सेवाभावले गुणस्तरीय स्वास्थ्य सेवा सुनिश्चितः मन्त्री लामा

सफल खबर संवाददाता

विहीबार, २९ बैशाख २०७९, १३ : २५
नर्सहरुको सेवाभावले गुणस्तरीय स्वास्थ्य सेवा सुनिश्चितः मन्त्री लामा

काठमाडौं ।बागमती प्रदेशका स्वास्थ्य मन्त्री निमा लामाले नर्सहरुको सेवाभाव र योगदानका कारण गुणस्तरीय स्वास्थ्य सेवा पाउने नागरिक अधिकार सुनिश्चित बनेको बताएका छन्।

अन्तर्राष्ट्रिय नर्स दिवसको अवसरमा शुभकामना सन्देश दिंदै मन्त्री लामाले कोभिड–१९ को कहर तथा विश्वव्यापी रुपमा देखिने गरेको महामारीविरुद्ध नर्सहरुले दृढता, प्रतिवद्धता र इमान्दारीका साथ अहोरात्र खटेर संक्रमण रोकथाम, नियन्त्रण एवं उपचार व्यवस्थापनमा देखाएको सक्रियताका कारण नर्सहरुप्रति विरामी र आम नागरिकको सम्मान र श्रद्धा बढिरहेको बताएका हुन्।

उनले नर्सहरुको स्वास्थ्य सेवा समर्पणमा धैर्यता तथा स्वास्थ्योपचारको प्रगतिको लागि बिरामीको आत्मबल बढाउन दिने निरन्तरको हौसलाको स्वास्थ्य क्षेत्रमा सधैं नै आवश्यकता रहने समेत बताएका छन्। स्वास्थ्य क्षेत्रमा नर्सहरुको निरन्तर महत्वपूर्ण योगदानको अपेक्षासहित अन्तर्राष्ट्रिय नर्स दिवसको अवसरमा मन्त्री लामाले शुभकामना व्यक्त गरेका छन्।

अन्तर्राष्ट्रिय जगतमा नर्स फ्लोरेन्स नाइटिङ्गेलको सम्झनामा विश्वव्यापी रुपमा अन्तर्राष्ट्रिय नर्स दिवस मनाउने गरिन्छ। ‘नर्सहरुस् नेतृत्वको लागि एक आवाज–विश्वव्यापी स्वास्थ्य सेवा सुरक्षित गर्नको लागि नर्सिंङ क्षेत्रमा लगानी गर्नुहोस्’ भन्ने नाराका साथ आज विश्वव्यापी रुपमा मनाईदैछ।

प्रतिक्रिया दिनुहोस