तेस्रो त्रैमाससम्मका सूर्या लाइफ इन्स्योरेन्सको जीबन बीमा कोष १३ अर्ब ३५ करोडले वृद्धि

सफल खबर संवाददाता

विहीबार, २९ बैशाख २०७९, १२ : ०३
तेस्रो त्रैमाससम्मका सूर्या लाइफ इन्स्योरेन्सको जीबन बीमा कोष १३ अर्ब ३५ करोडले वृद्धि

काठमाडौं । सार्वजनिक विवरण अनुसार कम्पनीको खुद नाफा र जगेडा कोषमा गिरावट देखिए पनि अन्य सूचकमा भने सुधार देखिएको छ ।

चालु आर्थिक वर्षको ९ महिनाको अवधिमा कम्पनीको खुद नाफा ३८.४६ प्रतिशतले बढेर १५ करोड ६ लाख ९५ हजार रुपैयाँ आर्जन गरेको छ । गत आर्थिक वर्षको सोही अवधिमा कम्पनीको खुद नाफा २४ करोड ४८ लाख ७६ हजार रुपैयाँ रहेको थियो ।

चैत मसान्तसम्मको अवधिमा कम्पनीको खुद बीमा शुल्क आर्जन ११ प्रतिशतले बढेर ३ अर्ब ५८ करोड ३६ लाख ४४ हजार रुपैयाँ रहेको छ । गत आर्थिक वर्षको सोहि अवधिमा कम्पनीको खुद बीमा शुल्क आर्जन ३ अर्ब २३ करोड १३ लाख ९२ हजार रुपैयाँ रहेको थियो ।

यस अवधिमा कम्पनीको खुद दाबी भुक्तानी समेत ४१.९६ प्रतिशतले बढेको छ । गत आर्थिक वर्षको सो अवधिमा कम्पनीले ५० करोड ७८ लाख ७४ हजार रुपैयाँ खुद दाबी भुक्तानी गरेकोमा चैत मसान्तसम्म आईपुग्दा बढेर ७२ करोड ९ लाख ९३ हजार रुपैयाँ पुगेको छ ।

समिक्षा अवधिमा कम्पनीको जगेडा कोष २२.४७ प्रतिशतले घटेर ५९ करोड ४६ लाख ८७ हजार रुपैयाँ, जीवन बीमा कोष ३३.३७ प्रतिशतले बढेर १३ अर्ब ३५ करोड ५८ लाख ८८ हजार रुपैयाँ, महाविपत्ती कोष १०.४५ प्रतिशतले बढेर १५ करोड २८ लाख ३९ हजार रुपैयाँ, ब्यवस्थापक खचै ०.३१ प्रतिशतले बढेर ४४ करोड २२ लाख १ हजार रुपैयाँ र अधिकर्ता कमिशन २५ प्रतिशतले बढेर ४५ करोड २५ लाख ६१ हजार रुपैयाँ रहेको छ ।

यस अवधिमा कम्पनीको प्रतिशेयर आम्दानी ७ रुपैयाँ ८८ पैसा र प्रतिशेयर नेटवर्थ १२० रुपैयाँ ३१ पैसा रहेको छ ।

प्रतिक्रिया दिनुहोस