काठमाडौं ।सुर्खेतको सिम्ता गाउँपालिकामा कांग्रेस-एमाले कार्यकर्ताबीच झडप हुँदा दुई जना घाइते भएका छन्।
घाइते हुनेमा नेकपा एमालेका कार्यकर्ता ३६ वर्षीय सुनिल विक र २६ वर्षीय इन्द्र विक छन्। दुवै जनाको नेपालगन्जमा उपचार भइरहेको छ। झडप मंगलबार राति १० बजेतिर भएकाे हाे।जिल्ला प्रहरी कार्यालयका प्रवक्ता रामप्रसाद घर्तीका अनुसार आफ्ना कार्यकर्ता घाइते भएपछि एमालेका कार्यकर्ता आक्रोशित बनेका थिए। उनीहरूले केही बेर प्रहरीसँग विवाद पनि गरेका थिए।प्रहरी र एमाले कार्यकर्ताबीच विवाद हुँदा चार जना प्रहरी सामान्य घाइते भएको घर्तीले जानकारी दिए।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, २८ बैशाख २०७९, १३ : ०२
लेखकबाट थप