गोरखामा सर्वदलीय बैठकबाट कांग्रेस प्रतिनिधि हतियारसहित पक्राउ

सफल खबर संवाददाता

बुधबार, २८ बैशाख २०७९, १२ : ०६
गोरखामा सर्वदलीय बैठकबाट कांग्रेस प्रतिनिधि हतियारसहित पक्राउ

गोरखा । गोरखामा सर्वदलीय बैठकबाटै कांग्रेसका प्रतिनिधि हतियारसहित पक्राउ परेका छन् । 

बुधबार बिहान करिब ११ बजे गण्डकी गाउँपालिकाबाट कांग्रेसका प्रतिनिधि मनोज गुरुङ हतियारसहित पक्राउ परेको घ्याल्चोक प्रहरी चौकीका प्रमुख प्रहरी निरीक्षक ज्ञानेन्द्रकुमार श्रेष्ठले जानकारी दिए । 

‘निर्वाचन अधिकृतको कार्यालयकमा सर्वदलीय बैठक बोलाइएको रहे छ । बैठकमा कांग्रेसको तर्फबाट प्रतिनिधि भएर गएका मनोज गुरुङको झोलाबाट खुकुरी फेला परेको छ । उनलाई हाम्रो टोलीले नियन्त्रणमा लिएर राखेको छ’, श्रेष्ठले भने  ।

घटनाबारे थप अनुसन्धान गर्नका लागि आफू घटनास्थलतर्फ गइरहेको श्रेष्ठले बताए । 

प्रतिक्रिया दिनुहोस