अनिल परियारको हत्याको कारण व्यक्तिगत रिसिभी

सफल खबर संवाददाता

सोमबार, २६ बैशाख २०७९, १३ : ५२
अनिल परियारको हत्याको कारण व्यक्तिगत रिसिभी

काठमाडौं । नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता विष्णुकुमार केसीले चितवनमा नेपाली कांग्रेसका नेता अनिल परियारको हत्या घटना निर्वाचनसँग सम्बन्धित नभएको बताएका छन् ।

घटना व्यक्तिगत ‘रिसिभ’का कारण भएको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको बताए । ‘घटनाको अनुसन्धान हाम्रो टोली (प्रहरी)ले गरिरहेको छ । घटनाबारे विस्तृत विवरण आउन त अनुसन्धान सकिनुपर्छ । तर, व्यक्तिगत रिसिभीले घटना भएको देखिन्छ ।निर्वाचनसँग सम्बन्धित छैन’,प्रवक्ता केसीले भने ।

उनले घटनामा संलग्नको पहिचान भइसकेको पनि बताए । नियन्त्रणमा लिन भने बाँकी रहेको उनको भनाइ छ ।आइतबार साँझ करिब ७:३० बजे भरतपुर–१२ निवासी परियारको भरतपुर–७ कृष्णपुरको फुटबल मैदान नजिक हत्या भएको थियो ।

घटनामा संलग्नलाई पहिचान गरेर नियन्त्रणमा लिन दबाब दिँदै युवाहरूले पूर्व–पश्चिम राजमार्ग अबरुद्ध पारेका छन् ।  परियारको शव चितवन मेडिकल कलेजमा राखिएको छ । 

प्रतिक्रिया दिनुहोस