निर्वाचन स्वतन्त्र र भयरहित बनाउन सञ्चार क्षेत्रले योगदान पुर्‍याउनुपर्छ : राष्ट्रपति भण्डारी

सफल खबर संवाददाता

शनिबार, २४ बैशाख २०७९, १८ : ०९
निर्वाचन स्वतन्त्र र भयरहित बनाउन सञ्चार क्षेत्रले योगदान पुर्‍याउनुपर्छ : राष्ट्रपति भण्डारी

काठमाडौं । राष्ट्रपति विद्या भण्डारीले आसन्न स्थानीय तह निर्वाचनलाई स्वतन्त्र एवं भयरहित वातावरणमा सम्पन्न गर्नका लागि सञ्चार क्षेत्रले योगदान पुर्‍याउनुपर्ने बताएकी छिन।

राष्ट्रपति भण्डारीले निष्पक्ष सूचना सम्प्रेषणको माध्यामबाट सञ्चार क्षेत्रले स्थानीय तह निर्वाचनलाई स्वतन्त्र र भयरहित वातावरणमा सम्पन्न गर्नका लागि योगदान पुर्‍याउनुपर्ने बताइन ।

राष्ट्रिय पत्रकारिता दिवस–२०७९ को अवसर पारेर शनिबार राष्ट्रपति भवन शितल निवासमा आयोजित एक समारोहमा बोल्दै उनले जिम्मेवार पत्रकारिताको माध्यमबाट नागरिकको अभिव्यक्ति स्वतन्त्रता र सूचनाको हकलाई व्यावहारिक रूपमा साकार तुल्याउने काममा पनि सञ्चार क्षेत्रले सफलता पाउने विश्वास व्यक्त गरिन ।

राष्ट्रपति भण्डारीले जिम्मेवार, सन्तुलित र तथ्ययुक्त सूचना सम्प्रेषणको माध्यामबाट मात्रै पत्रकारिता क्षेत्रको विश्वासनियता कायम हुने पनि स्पष्ट पारिन् ।

समारोहमा बोल्दै नेपाल सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले सरकारलाई मुलुकको कानुनी शासन र सुशासनको बाटोमा सरकारलाई हिँडाउन बाध्य पार्न सञ्चार क्षेत्रलाई आग्रह गरिन् ।

सरकारले संविधानले परिकल्पना गरेको प्रेस स्वतन्त्रता र अभिव्यक्ति स्वतन्त्रताको रक्षा मात्रै नभई सम्वर्द्धन गर्दै लैजाने प्रतिवद्धता पनि दोहोर्‍याइन ।समारोहमा राष्ट्रपति भण्डारीले पत्रकारहरूलाई राष्ट्रिय पत्रकारिता पुरस्कारबाट सम्मान पनि गरेका थिए ।

प्रतिक्रिया दिनुहोस