अर्घाखाँची । स्थानीय निर्वाचन अवधिभर अर्घाखाँचीमा मदिरा प्रयोगमा रोक लगाईएको छ ।
निर्वाचन अवधिमा २५ वैशाखदेखि २ जेठसम्म ९ दिन मदिरा प्रयोगमा निषेध गरिएको हो । निर्वाचनलाई भयरहित र शान्तिपुर्ण बनाउनका लागि निर्वाचन अवधिभर मदिरा प्रयोगमा कडाई गरिएको सहायक प्रमुख जिल्ला अधिकारी नुमलाल पन्थीले जानकारी दिए ।
सदरमुकाम सन्धिखर्कमा बसेको सर्वपक्षीय वैठकले निर्वाचन अवघिभर मदिरा प्रयोगमा कडाई गर्ने निर्णय गरेको हो ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, २४ बैशाख २०७९, ०८ : ३३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
मदिरा ‘प्याकेजिङ’ को अवैध कारोबार विरुद्ध मुद्दा दायर
प्रहरीद्वारा साढे तीन हजार लिटर बढी मदिराजन्य पदार्थ नष्ट
बिहारमा विषाक्त मदिरा सेवनबाट ३० जनाको मृत्यु