भरतपुर । ५ दलीय गठबन्धनले भरतपुर महानगरपालिका वडा न ११ को लामाटोलमा भव्य कोणसभा सम्पन्न गरेको छ ।
कोण सभालाई सम्बोधन गर्दै प्रमुखकी उमेद्वार रेनु दाहालले सुन्दर र देशकै नमुना महानगर निर्माण गरने योजना लिएर आफू निर्वाचनमा होमिएको बताउँदै यसलाई साकार पार्न नगरवासीको मतदान मार्फत सहयोग गर्न आग्रह गरिन् ।
भरतपुर महानगरपालिकाका निवर्तमान प्रमुख समेत रहेकी दाहालले बितेको ५ बर्षमा सुन्दर सहरको आधारभूत पूर्वाधार निर्माण गरिसकेको र यसलाई पूरा गर्नका लागि प्रमुखका लागी उम्मेदवारी दिएको बताइन् ।
बितेको ५ बर्षमा भरतपुरले दैशकै नमुना बिकास गरेको र आगामी कार्यकाल बिकास, समृद्धि र सुशासनको उत्कृष्ठ नमुना भरतपुरबाट गरेर देखाउने बताउदै जखडी माई खानेपानी आयोजना ३७ करोडको लागतमा आफूले नै सुरू गरेको र छिट्टै सम्पन्न हुने बताइन् ।
बर्षेनी बजार लामाटोल सडक निर्माण भैसकेको र बाइपास गोर्खाली टोल ३ किमी सडक स्मार्ट सिटी कार्यक्रम अन्तरगत टेन्डर निस्कासनको चरणमा रहेको बताइन् । नवजागृति फन पार्कलाई गुरुयोजना बमोजिम बार्षिक रूपमा बजेट बिनियोजन गरेको र आगामी कार्यकालमा यसलाई पनि पुरा गर्ने योजना सहित अगाडी बढेको बताउदै ब मध्य भरतपुरका सबै वडाहरूको सतह ढल र प्रशोधन केन्द्र निर्माण गरी सहरी छेत्रलाई सुरक्षित र व्यवस्थित बनाउने योजना अगाडी बढाइसको समेत बताईन् । भूमिहीनलाई जग्गाधनी पूर्जा र बेरोजगारी समस्या हल गर्ने आफ्नो मूख्य लक्ष्य रहेको समेत उनको भनाइ छ ।
सो अवसरमा नेपाली कांग्रेसका नगर सभापति तथा उप मेयरका उम्मेदवार चित्रसेन अधिकारीले आफूले बितेको ५ बर्ष वडाअध्यक्षको भूमिका सफलताका साथ पूरा गरी सकेको र आफू उपमेयरका लागी सबैसँग मत माग्न आएको बताउदै समृद्ध भरतपुरको नगरवासीको सपना पुरा गर्न लागिपर्ने प्रतिबद्धता ब्यक्त गरेका थिए ।
कोणसभामा माओवादी केन्द्रका नेता तथा वडा न ११ का अध्यक्षका उमेदवार युवराज पौडेलले आफ्नो उम्मेदवारी ११ न वडाको समग्र बिकासको लागि भयको बताउँदै वडावासीहरूको ईच्छा र चाहना बमोजिम अगाडी बढ्ने प्रतिबद्धता ब्यक्त गरेका थिए ।
चुनावी सभालाई ५ दलीय गठवन्धनका नेता तथा नेपाली कांग्रेस चितवनका जिल्ला कमिटी सदस्य ज्ञानेन्द्र गिरीले यो गठबन्धन राष्ट्रिय आवस्यकता भएको भन्दै प्रतिगमनलाई परास्त गर्न ५ दलीय गठबन्धनले निर्वाचन जित्नै पर्ने बताउदै गठबन्धनको निर्णय अनुसार मतदान गर्न आग्रह गरे ।
नेपाली कांग्रेसका वडा कमिटी सभापति अमर लामाको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको थियो । माओवादी केन्द्रका नेता युवराज पौडेल अध्यक्ष रहेको ५ दलीय गठवन्धनको उम्मेदवारहरू महिला सदस्य माओवादी केन्द्रकी नेत्री मैया मलबुल नेपाली ,नेकाबाट बिष्णु प्रसाद न्यौपाने महिला सदस्य शिव कुमारी लामा र समाजवादीबाट ज्ञान बहादुर कुमाल सदस्य रहेका छन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, २३ बैशाख २०७९, २० : ०८
लेखकबाट थप