आईजीपी नियुक्ति प्रकरणमा सर्वोच्चद्वारा अन्तरिम आदेश दिन अस्वीकार

सफल खबर संवाददाता

विहीबार, २२ बैशाख २०७९, १६ : १८
आईजीपी नियुक्ति प्रकरणमा सर्वोच्चद्वारा अन्तरिम आदेश दिन अस्वीकार

काठमाडौं । नेपाल प्रहरीको महानिरीक्षकमा धिरजप्रताप सिंहलाई नियुक्त गर्ने सरकारको निर्णयविरुद्ध परेको रिटमा सर्वोच्च अदालतले अन्तरिम आदेश दिन अस्वीकार गरेको छ ।

न्यायाधीश सुष्मालता माथेमाको इजलासले सिंह नियुक्तिविरुद्ध परेको रिटमा अन्तरिम आदेश दिन अस्वीकार गरेको हो । अदालतले सरकारसँग लिखित जवाफ माग गरेको सर्वोच्च अदालतका सूचना अधिकारी देवेन्द्र ढकालले बताए । उनले भने, ‘मुद्दाको पूर्ण सुनुवाइ १७ जेठलाई तोकिएको छ ।’

सरकारी पक्षले अहिले अन्तरिम आदेश दिए चुनावी सुरक्षामा असर पुग्ने जिकिर गरेको थियो । वरियताक्रम मिचेर सिंहलाई आईजीपीमा बढुवा गरिएको भन्दै पहिलो वरियताका एआईजी विश्वराज पोखरेलले अदालतमा रिट निवेदन दिएका थिए ।

प्रतिक्रिया दिनुहोस