चेल्सी क्लब किन्न गरिएको ५.३ बिलियन डलरको प्रस्ताव अस्वीकृत !

सफल खबर संवाददाता

विहीबार, २२ बैशाख २०७९, १६ : ०१
चेल्सी क्लब किन्न गरिएको ५.३ बिलियन डलरको प्रस्ताव अस्वीकृत !

 काठमाडौं । बेलायती अर्बपति सर जिम र्‍याटक्लिफको इंग्लिस प्रिमियर लिग क्लब चेल्सी खरिद गर्ने प्रस्ताव अस्वीकृत भएको छ।

र्‍याटक्लिफको स्वामित्वमा रहेको एनियोस ग्रुपका निर्देशक टम क्रोटीका अनुसार चेल्सी क्लबको स्वामित्वको लागि ५.३ बिलियन डलरको प्रस्ताव पेस गरिएको थियो। तर, चेल्सी क्लबको स्वामित्व बेच्ने जिम्मेवारी पाएको राइना ग्रुपहरुले उक्त प्रस्ताव अस्वीकृत गरेको उनले पुष्टि गरेका हुन्।‘हामी राइना ग्रुपबाट अस्वीकृत भयौं। तर, चेल्सीको स्वामित्व खरिदका लागि हामी अझै पनि तयार छौं,’ निर्देशक क्रोटीले भने।

चेल्सी हाल रुसी अर्बपति रोमन अब्रामोभिचको स्वामित्वमा रहेको छ। रुसले युक्रेनमाथि आक्रमण सुरु गरेसँगै अब्रामाेभिचले चेल्सी क्लबको स्वामित्व बेच्ने घोषणा गरेका थिए।५५ वर्षीय अब्रामोभिचको रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग गहिरो सम्बन्ध रहेको बताइन्छ। तर, उनले उक्त कुरा अस्वीकार गर्दै आएका छन्।

उनले क्लब बिक्रीमार्फत् हुने मुनाफा युक्रेन-रुस युद्धका पीडितलाई दान गर्ने बताएका छन्। बीबीसी स्पोर्ट्सका उनले क्लबको मूल्य तीन अर्ब पाउन्ड स्टर्लिङ राखेका छन्।

अब्रामोभिचको घोषणापछि क्लबको स्वामित्वका लागि अन्य व्यक्तिले चासो देखाएका थिए। बेलायती व्यापारी निक क्यान्डीले पनि चेल्सी क्लब किन्ने तयारी गरेका थिए।उनले प्रिमियर लिग क्लबमाथि बोली लगाउन लगानीकर्तासँग छलफल गरिरहेका थिए। तर, बेलायत सरकारले अब्रामोभिचमाथि प्रतिबन्ध लगाएसँगै उनी पछाडि हटेका थिए।

प्रतिक्रिया दिनुहोस