काठमाडौं ।एनआइसी एसिया बैंकका ग्राहकलाई महाराजगञ्ज प्लाजामा रहेको ग्यालेक्सी स्पेसियालिटी क्लिनिकमा विभिन्न रोगसम्बन्धी विशेषज्ञ सेवा लिँदा एवं काठमाडौं प्याथल्याब एन्ड डायग्नोस्टिक सेन्टरमा ल्याब टेस्ट गर्दा २५ प्रतिशत छुट उपलब्ध हुने गरी बैंक, क्लिनिक र सेन्टरबीच समझदारी भएको छ।
उक्त समझदारीपत्रमा बैंकको तर्फबाट बैंकका लाइफस्टाइल युनिभर्स प्रमुख विमल लम्साल तथा क्लिनिक एवं सेन्टरका तर्फबाट प्रमुख कार्यकारी अधिकृत पुष्प लामिछानेले हस्ताक्षर गरेका हुन्।समझदारीअनुसार यस बैंकका ग्राहकले सेवा लिएबापत डिजिटल भुक्तानी गर्दा २५ प्रतिशत छुट उपलब्ध हुने व्यवस्था गरिएको हो।
बैंकका ग्राहकले क्लिनिकबाट रक्तअल्पता, फोक्सो एवं श्वास–प्रश्वास, उच्च रक्तचाप, दम, बाथ, मुटुलगायतमा विशेषज्ञ सेवा तथा सेन्टरबाट हेम्याटोलोजि, माइक्रोबायोलोजीजस्ता परीक्षण गर्न सक्ने व्यवस्था छ।
मुलुकभर रहेका ३५९ शाखा कार्यालय, ४७३ एटीएम, १०२ वटा विस्तारित काउन्टर एवं ८१ वटा शाखारहित बैंकिङ सेवा प्रदान गर्ने मुलुककै सबैभन्दा ठूलो शाखा सञ्जाल भएको बैंक भएको जनाएको छ।देशको कुल जनसंख्यामध्ये २० वर्षदेखि ५० वर्ष उमेर समूहसम्मको आर्थिक रूपमा सक्रिय जनसंख्याको करिब २५% जनतालाई यस बैंकमार्फत सेवा दिन बैंक सफल भएको छ।
उत्तरदायी बैंकिङको अभ्यास गर्दै आएको यस बैंकले प्रत्यक्ष र अप्रत्यक्ष गरी गत आर्थिक वर्षमा ३ अर्ब १६ करोडभन्दा बढी राजस्व नेपाल सरकारलाई भुक्तानी गरिसकेको जनाएको छ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, २२ बैशाख २०७९, १५ : १२
लेखकबाट थप