कालीकोट पुग्यो स्थानीय चुनावको मतपत्र

सफल खबर संवाददाता

विहीबार, २२ बैशाख २०७९, १३ : ४८
कालीकोट पुग्यो स्थानीय चुनावको मतपत्र

काठमाडौं । आसन्न स्थानीय तह निर्वाचनका लागि कालीकोटमा ९१ हजार मतपत्रसहित आवश्यक निर्वाचन सामग्री आइपुगेको छ । 

जिल्ला आइपुगेका सामग्री मतदान केन्द्र तथा मतदान स्थलमा पुर्‍याउने काम शुरू भएको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ मुख्य निर्वाचन अधिकृत तथा जिल्ला न्यायाधीश लालकाजी श्रेष्ठले आवश्यक मतपत्रसहित अन्य सामग्री जिल्ला आइपुगेको जानकारी दिए ।

जिल्लाका ९ स्थानीय तहमा पुरुष ४१ हजार ९४४ र महिला ३८ हजार ४७२ मतदाता छन् । जिल्ला निर्वाचन अधिकृत नन्दराम चौलागाईंले निर्वाचनको तयारी तीब्र रूपमा भइरहेको जानकारी दिए । निर्वाचन सुरक्षामा लागि ४ वटै सुरक्षा निकायलाई आवश्यकता अनुसार परिचालन हुने जनाइएको छ ।

प्रमुख जिल्ला अधिकारी रामहरी शर्माले निर्वाचनमा आवश्यकता अनुसार सुरक्षाकर्मी परिचालन हुने बताए ।

प्रतिक्रिया दिनुहोस