आईजीपी नियुक्तिसम्बन्धी मुद्दाको सुनुवाइ आज पनि हुँदै

सफल खबर संवाददाता

विहीबार, २२ बैशाख २०७९, ०८ : १३
आईजीपी नियुक्तिसम्बन्धी मुद्दाको सुनुवाइ आज पनि हुँदै

काठमाडौं । नेपाल प्रहरीको २९ औं महानिरीक्षक (आईजीपी) नियुक्ति सम्बन्धी विवादमा बिहीबार पनि निरन्तर सुनुवाइ हुने भएको छ ।

 आईजीपी नियुक्तिविरुद्ध सर्वोच्च अदालतमा दायर भएको रिटलाई सुष्मलता माथेमाको एकल इजलासले बुधबार हेर्दाहेर्दैमा राखेको थियो । 

धीरजप्रताप सिंहलाई प्रहरीको आईजी नियुक्त गर्ने मन्त्रिपरिषद्को निर्णयविरुद्ध प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) विश्वराज पोखरेलले सोमबार सर्वोच्च अदालतमा रिट दायर गरेका थिए।
 

प्रतिक्रिया दिनुहोस