पंकज जलानलाई “नेशनल आईसीटी एक्सिलेन्स अवार्ड २०२२” प्रदान

सफल खबर संवाददाता

मंगलबार, २० बैशाख २०७९, ११ : ५२
पंकज जलानलाई “नेशनल आईसीटी एक्सिलेन्स अवार्ड २०२२” प्रदान

काठमाडौं । अर्ड बुद्ध एजुकेशन फाउन्डेशनका अध्यक्ष पंकज जलानलाई “नेशनल आईसीटी एक्सिलेन्स अवार्ड २०२२” द्धारा सम्मान गरीएको छ । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले सूचना तथा सञ्चार प्रविधि क्षेत्रमा विकास र विस्तार गर्न योगदान रहेको भन्दै सम्मान गरीएको हो ।

राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस २०७९ को अवसरमा सोमबार एक कार्यक्रमका विच सञ्चार तथा सूचना प्रविधि मन्त्री ज्ञानेन्द्र बहादुर कार्की र सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सचिव बैकुण्ठ अर्यालले सम्मान गरेका हुन । उनलाई सम्मानपत्र र एक लाख नगद सहित सम्मान गरीएको हो ।

“सूचना तथा सञ्चार क्षेत्र सँग सम्बन्धित व्यावसायिक तथा सामाजिक संस्थाहरुमा रही प्रविधिको विकास र विस्तारमा याहाँले पु¥याउनु भएको विशिष्ट योगदानको उच्च मुल्याड्ढन गर्दे राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस २०७९ को अवसरमा नगद रु एक लाख सहित “नेशनल आईसीटी एक्सिलेन्स अवार्ड २०२२ प्रदान गरिएको छ” सम्मानपत्रमा लेखिएको छ ।

प्रतिक्रिया दिनुहोस