मोरङ । नेपाली कांग्रेसका नेता विमलेन्द्र निधिले स्थानीय पालिकाको निर्वाचनमा नेपाली कांग्रेस अग्रस्थानमा आउने बताएका छन।
विराटनगर विमानस्थलमा आज आयोजित पत्रकार सम्मेलनमा उनले आसन्न स्थानीय तहको निर्वाचनमा सत्ता गठबन्धनबीच भएको तालमेलबाट नेपाली कांग्रेस अग्रस्थानमा आउने बताए । नेता निधिले भने, “यो गठबन्धनले मुलुकमा सङ्घीय लोकतान्त्रिक शासन व्यवस्था र कांग्रेस पार्टीलाई बलियो बनाउन सहयोग पु्ग्नेछ ।”
पत्रकारद्वारा सोधिएको एक प्रश्नको जवाफमा उनले रु एक करोड ७० लाख मतदाता रहेको मुलुकमा कोही कसैको भाइ, श्रीमती, छोरीबुहारी हुने भएकाले निर्वाचनमा उम्मेदवारी हुनु स्वभाविक हो भने ।


प्रतिक्रिया दिनुहोस
रासस
आइतबार, १८ बैशाख २०७९, १५ : १६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
काँग्रेस पार्टी कार्यालयमा प्रदर्शनरत समूह र नेता निधिबीच चर्काचर्की
संगठनलाई मजबुत बनाउन विशेष ध्यान दिनुपर्ने आवश्यकता : नेता निधि