१५ ग्यास पसलमाथि कारबाही

पत्रपत्रिकाबाट

शनिबार, १७ बैशाख २०७९, ०८ : १२
१५ ग्यास पसलमाथि कारबाही

file Photo

काठमाडौं । ग्यासको  कृत्रिम  अभाव  गर्ने  व्यापारीविरुद्ध  कारबाही हुन थालेको छ । वाणिज्य, आपूर्ति तथा उपभोक्ता  संरक्षण  विभागले  पछिल्लो  साता  ग्यास  लुुकाएको गुुनासोका आधारमा अनुुगमन गरेर ग्यास लुकाउने १५ वटा ग्यास पसललाई कारबाही गरेको हो  ।

  कारबाही  गरिएकामध्ये  आठवटा  पसललाई  आर्थिक  जरिवाना  गरिएको  अरू  ग्यास  पसल  सञ्चालकलाई कागजातसहित विभागमा उपस्थित हुन निर्देशन दिइएको विभागका सूचना अधिकारी धनेश्वर पौडेलले जानकारी एि । ग्यास   लुकाएको   सूचनाका   आधारमा   अनुगमन गर्दा ग्यास पसल सञ्चालक कारबाहीमा परेका  हुन्  ।

 कारबाहीमा  पर्नेमध्ये  अधिकांशले  अनुगमनका  क्रममा  पसल  बन्द  गरेर  असहयोग  गरेको कसुरमा कारबाही गरिएको सूचना अधिकारी पौडेलले  जानकारी  दिए ।  विभागले  बिहीबार  काठमाडौँ  महानगरपालिका–३२  मा  रहेको  खाद्य  तथा ग्यास अनुुगमन गर्ने क्रममा ती पसलले ग्यास लुुकाएर उपभोक्तालाई नदिएको पाइएपछि २० हजार रुपियाँ जरिवाना गरिएको थियो  गोरखापत्रमा खबर छ ।

प्रतिक्रिया दिनुहोस