महालक्ष्मी विकास बैंक राजापुर शाखा स्थानान्तरित, थप गुणस्तरिय सेवा प्रदान गर्ने प्रतिवद्धता

सफल खबर संवाददाता

बुधबार, १४ बैशाख २०७९, १८ : २१
महालक्ष्मी विकास बैंक राजापुर शाखा स्थानान्तरित, थप गुणस्तरिय सेवा प्रदान गर्ने प्रतिवद्धता

काठमाडौं । महालक्ष्मी विकास बैंकको राजापूर शाखा राजापूर नगरपालिकाको वडा नं ४ मेन चोकमा स्थानान्तरण भएको छ । बुधबार आयाजित एक विशेष कार्यक्रमका बिच उक्त शाखाको समुद्घाटन संयुक्त रुपमा राजापूर नगरपालिकाका प्रमुख  शिव प्रसाद चौधरी र बैंकका सञ्चालक दिपक रौनियारले गरे । 

शाखाको उद्घघाटन समारोहमा स्थानीय तहका प्रतिनिधिहरू, उद्योगी, व्यापारी, विभिन्न संघसंस्थाका प्रमुख तथा नागरिक समाजका अगुवाहरुको बाक्लो उपस्थिति रहेको थियो । 

बैँकका प्रमुख कार्यकारी अधिकृत बोधराज देवकोटाले समारोहमा बैंकले गर्दै आएको विभिन्न गतिविधिहरु बारे प्रकाश पारे । उनले बैँकले आफ्ना ग्राहकको आवश्यकतालाई उल्लेख्य रुपमा सम्बोधन गर्दै आगामी दिनमा बैंकले अझै उत्कृष्ट गुणस्तरिय सेवा प्रदान गर्ने प्रतिवद्धता व्यक्त गरे । 

यस शाखाबाट ग्राहकहरुको वित्तीय आवश्यकता पूरा गर्न आवश्यक सम्पूर्ण रिटेल बैंकिङ सेवा साथै साना तथा कर्पोरट व्यवसायीहरुमाझ वित्तीय पहुँच पु¥याउने लक्ष्य बैंकले राखेको छ । सुविधाजनक बचत खाता योजना, मुद्दती निक्षेप योजना, घर तथा सवारी कर्जा, साना व्यवसायी कर्जा लगायतका वित्तीय सेवाहरु छिटो, छरितो, चुस्त र दुरुस्त रूपमा ग्राहकहरुलाई प्रदान गर्ने प्रतिबद्धता शाखाका प्रबन्धक कोमल बिष्टले जनाए ।