आई क्याम्प फोर चितवनमा तेस्रो दिन सम्म ११ सय ३ जनाले गराए आँखाको परिक्षण , ७७ जनाको नि:शुल्क अप्रेसन

प्रकाश सिग्देल

बुधबार, १४ बैशाख २०७९, १८ : ०९
आई क्याम्प फोर चितवनमा तेस्रो दिन सम्म ११ सय ३ जनाले गराए आँखाको परिक्षण , ७७ जनाको नि:शुल्क अप्रेसन

चितवन । सपोर्ट एण्ड केयर पुन स्थापना केन्द्र रत्ननगरले जिल्लाका ६ स्थानिय तहका लागी सञ्चालन गरेको नि:शुल्क अप्रेसन सहितको आँखा शिबिरमा तेस्रो दिन सम्म ११ सय ३ जनाले आँखाको परिक्षण गरेका छन् ।

खैरहनी नगरपालिका कुमरोजमा भएको तेस्रो दिनको शिबिरमा ४१६ जनाको आखाको चेकअप गरिएको हो । जहाँ २५० जनालाई चस्मा प्रदान गरिएको थियो भने ३४ जनालाई अप्रेसनका लागी भरतपुर आँखा अस्पताल ल्याईएको छ ।  

नेपाल नेत्र ज्योति संघ भरतपुर आँखा अस्पतालको प्राविधिक सहयोगमा चितवनका ६ स्थानिय तहका लागी नि:शुल्क आँखा शिबिर आई क्याम्प फोर चितवन सञ्चालन भएको हो ।

पहिलो दिन सोमवार किल्निक नेपाल परिसर मेघौलीमा शिविर भएको थियो । शिविरमा ३११ जनाको आँखा परिक्षण गरिएको थियो । शिविरमा १०० जनालाई चस्मा प्रदान गरिएको थियो भने २५ जनाको भरतपुर आँखा अस्पतालमा अप्रेसन गरिएको हो । त्यस्तै दोस्रो दिन मंगलबार सपोर्ट एण्ड केयर पुनस्थापना केन्द्र परिसरमा भएको शिविरमा  ३७६ जनाको आँखा परिक्षण गरिएको थियो भने  १८ जना अप्रेसनका लागी छनोट भएका थिए भने २०० जनालाई चस्मा बितरण गरिएको थियो ।

१२ गतेबाट सुरु भएको शिविर बैशाख १९ गते सम्म सञ्चालन हुने आयोजक संस्था सपोर्ट एण्ड केयर पुन स्थापना केन्द्र रत्ननगरका अध्यक्ष राज बन्दु गौतमले बताए । नि: शुल्क मोतियाबिन्दुको अप्रेसन, सहितको आँखा शिबिर सञ्चालन भएकोले शिविरमा सहभागी भई लाभ लिन उनको आग्रह छ ।

शिविरबाट छनोट भएका बिरामीलाई भरतपुर अस्पतालमा ल्याएर मोतियाविन्दुको शल्यक्रिया गर्ने गरिएको भरतपुर आँखा अस्पतालका बाहिय कार्यक्रम संयोजक रमेश घिमिरेले बताए ।

शिविरमा नि:शुल्क चेकअप, औषधी तथा चस्मा समेत नि:शुल्क रुपमा प्रदान गरिएको छ । १५ र १६ सिद्धि हेल्थपोष्ट कालिका नगरपालिका , १८ गते परेवाकोट राप्ति नगरपालिका, र १९ गते आखा उपचार केन्द्र माडी, माडि नगरपालिकामा शिबिर हुने छ । शिबिरमा छनोट भई मोतियाबिन्दुको अप्रेसन गर्नु पर्ने भएमा कोभिड बिरुद्धको खोप कार्ड अनिवार्य रुपमा ल्याउनु पर्ने गौतमले बताए ।

जमर्नी भोलेन्टिर्यसहरुको आर्थीक सहयोगमा यो कार्यक्रम चितवनमा बिगतका वर्षहरुमा पनि गर्ने गरेको र त्यसैको निरन्तरता स्वरुप कार्यक्रम भएको गौतमले बताए । कार्यक्रमको मिडिया संयोजन आरभ मल्टि एग्रो मिडिया कम्पनिले गरेको छ ।

 

 

प्रतिक्रिया दिनुहोस