नेपाल कम्युनिष्ट पार्टीका अध्यक्षद्वय ओली र प्रचण्ड पेरिसडाँडा र धुम्बाराहीमा (फोटो फिचर)

शुक्रबार, ०४ जेठ २०७५, १९ : २०
नेपाल कम्युनिष्ट पार्टीका अध्यक्षद्वय ओली र प्रचण्ड पेरिसडाँडा र धुम्बाराहीमा (फोटो फिचर)

काठमाडौँ । नवगठित नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल 'प्रचण्ड' पार्टी कार्यालय धुम्बाराही र जनवर्गीय संगठनको कार्यालय रहेको पेरिसडाँडा पुगेका छन् । अध्यक्षद्वयसँगै अन्य शीर्ष नेताहरु पनि पुगेका थिए । अध्यक्षद्वय ओली र दाहाललाई पेरिसडाँडामा पूर्वमाओवादी नेता एवम् कार्यकर्ताहरु मणि थापा, प्रल्हाद बुढाथोकी, प्रकाश पोख्रेल, निर्मल पौडेल लगायतले स्वागत गरेका थिए । पेरिसडाँडामा ओलीले जनयुद्धमा मारिएका सहिदप्रति श्रद्धाञ्जली व्यक्त गरेका थिए ।

यअसघि अध्यक्ष पुष्पकमल दाहाल  प्रचण्ड धुम्बराहीस्थित कार्यालय पुगेका थिए । धुम्बाराहीमा  प्रचण्डलाई केपी ओली, माधव नेपाल, नारायणकाजी र वादलले स्वागत गरेका थिए ।

 

प्रतिक्रिया दिनुहोस