एजेन्सी । रुसले पोल्यान्ड र बुल्गेरियालाई ग्यास आपूर्ति बन्द गर्ने भएको छ । युक्रेनलाई लिएर पश्चिमा देश र मस्कोबीच दरार बढिरहेका बेला रुसले युरोपेली युनियनमा आबद्ध दुई देशमाथि ग्यास आपूर्ति बन्द गर्ने भएको हो । पोल्याण्ड र बुल्गेरिया दुबै नेटो सदस्यसमेत हुन् ।
पोल्यान्डको सरकारी स्वामित्वको पीजीएनआइजीले रुसी ग्यास उद्योग कम्पनी गाजप्रोमले आपूर्ति बन्द गरेको जनाएको छ । तर, तत्काल भन्डार आवश्यक नभएको र आफ्नो ग्यास भन्डारण ७६ प्रतिशत रहेको वार्साले प्रष्ट पारेको छ ।
रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले ‘शत्रु’ देशहरूलाई ग्यास आयातको लागि रुबलमा भुक्तानी गर्न आह्वान गरेका छन् । सोही बमोजिम केही खरीदकर्ताहरूले रुबलमा भुक्तानी गरेका छन् । क्रेमलिनको कट्टर विरोधी पोल्यान्ड आफ्नो छिमेकी युक्रेनलाई हमला गरेपछि रुसविरुद्ध कडा प्रतिबन्धहरू लगाउने युरोपेली देशहरूमध्ये एक हो ।
रूसी ग्यास आयातमा लगभग पूर्ण रूपमा निर्भर रहेको बुल्गेरियाले गाजप्रोमसँग आफ्ना सबै अनुबंधात्मक दायित्वहरू पूरा गरेको र प्रस्तावित नयाँ भुक्तानी योजनाले सम्झौता उल्लंघन गरेको गुनासो गरेको छ । उसले टर्की र ग्रीसबाट ग्यास निर्यात गर्न छलफलसमेत गरेको छ ।
यसैबीच, पूर्वी युरोपको मोल्डोभामा पनि तनाव बढेको छ । ट्रान्सडनिस्ट्रिया क्षेत्रका मस्को समर्थित अधिकारीहरूले त्यहाँ श्रृंखलाबद्ध आक्रमण भएको बताएपछि मस्कोले युरोपलाई ब्ल्याकमेल गरेको र मोल्डोभालाई द्वन्द्वमा तान्न खोजेको युक्रेनले आरोप लगाएको छ ।
प्रतिक्रिया दिनुहोस
एजेन्सी
बुधबार, १४ बैशाख २०७९, १० : ०९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
भारतमा एलपी ग्यासको मूल्य फेरि बढ्यो
भारतमा कमर्सियल ग्यास सिलिन्डरको मूल्यवृद्धि
आजदेखि ग्यासको मूल्य बढ्यो, डिजेलको घट्यो
ग्यास सिलिन्डर लुकाउने विक्रेतालाई ५० हजार जरिवाना
ग्यास वितरण पारदर्शी बनाउन चितवन प्रशासनद्वारा नयाँ व्यवस्था
खाना पकाउने ग्यासको अभाव देखिएपछि विभागले अनुगमन गर्दै