काठमाडौं । पछिल्लोपटक प्रतिसिलिन्डर १ सय रुपैयाँ मूल्य बढाइए पनि उपभोक्ताले ग्यास अभावको समस्या झेलिरहनुपरिरहेको छ ।
बजारमा मागअनुसारको आपूर्ति नभएका कारण हाल उपभोक्ताले एक सिलिन्डर खाना पकाउने ग्यास लिन झन्डै डेढ सातासम्मको पालो पर्खिरहनुपरेको छ ।
गत चैतमा व्यवसायीले गरेको आन्दोलनले बजारमा अभाव भएको खाना पकाउने एलपी ग्यासको आपूर्ति व्यवस्था सहज हुन अझै एक सातासम्म कुर्नुपर्ने भएको छ ।
चैत महिनामा राष्ट्रिय पेट्रोलियम संस्थागत समन्वय समितिले १० दिनसम्म ढुवानी रोकेका कारण अहिलेसम्म काठमाडौं उपत्यकालगायत देशैभर बजारमा ग्यासको अभाव कायमै छ ।
बढाईएको मूल्य तिर्दा पनि अझै उपभोक्ताले एक सिलिन्डर ग्यास पाउन ग्यास डिपोहरूमा झन्डै एकदेखि डेढ सातासम्मको भाका कुनुपर्ने बाध्यता छ ।
पहुँच हुनेहरूले भने ग्यास विक्रेतालाई बढी पैसा बुझाएर छिटै पाउने गरे पनि निम्न आय भएका सामान्य वर्गका उपभोक्तालाई अझै एक सिलिन्डर ग्यास पाउन निकै सास्ती भोग्नुपरिरहेको अवस्था छ ।
हाल ग्यास लिन जाने उपभोक्तालाई विक्रेताले सिलिन्डर छोडेको एकदेखि डेढ साताभित्रमा मात्र ग्यास दिन सक्ने बताउँदै आएका छन् । राज्धानि दैनिक मा खबर छ ।
प्रतिक्रिया दिनुहोस
पत्रपत्रिकाबाट
बुधबार, १४ बैशाख २०७९, ०६ : ५३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
भारतमा एलपी ग्यासको मूल्य फेरि बढ्यो
भारतमा कमर्सियल ग्यास सिलिन्डरको मूल्यवृद्धि
आजदेखि ग्यासको मूल्य बढ्यो, डिजेलको घट्यो
ग्यास सिलिन्डर लुकाउने विक्रेतालाई ५० हजार जरिवाना
ग्यास वितरण पारदर्शी बनाउन चितवन प्रशासनद्वारा नयाँ व्यवस्था
खाना पकाउने ग्यासको अभाव देखिएपछि विभागले अनुगमन गर्दै