काठमाडौं । काठमाडौँ महानगरपालिकामा मेयर पदका लागि ५६ जनाको र उपमेयर पदका लागि ३१ जनाको उम्मेदवारी परेको छ ।
५६ जना मेयरका उम्मेदवारमध्ये २१ जनाले दलकातर्फबाट र बाँकी ३५ जनाले स्वतन्त्र उम्मेदवार रुपमा मनोनयन पत्र दर्ता गराएका छन् । उनीहरुमध्ये ८ जना महिला छन् ।
उपमेयर पदमा उम्मेदारी दिने ३१ जनामध्ये १२ जनाले दलकातर्फबाट र ९ जनाले स्वतन्त्र उम्मेदवारका रुपमा मनोनयन पत्र दर्ता गराएका छन् । उपमेयरका उम्मेद्वारमध्ये १२ जना महिला छन् ।
स्थानीय तह सदस्य निर्वाचन २०७९ को दोस्रो दिनसम्ममा दलका प्रतिनिधि र स्वतन्त्रतर्फका उम्मेदवारहरुले मनोनयन दर्ता गराएका हुन् । स्थानीय तह निर्वाचन २०७९ का कार्यक्रमअन्तर्गत हिजो र गरी २ दिन मनोनयन दर्ताको कार्यक्रम राखेको थियो ।
मनोनयनको पहिलो दिन मेयर पदका लागि १६ जनाले र उपमेयर पदका लागि १७ जनाले उम्मेदवारी दिनुभएको थियो । मुख्य निर्वाचन अधिकृत राजुकुमार खतिवडाकाअनुसार काठमाडौँ महानगरका ३२ वटा वडामध्ये हरेक २ वटाका लागि एउटा मनोनयन डेक्स राखिएको थियो । यसै गरी मेयर र उपमेयरका लागि छुट्टाछुट्टै २ वटा डेक्स राखिएका थिए ।
यी हरेक डेक्समा इन्टरनेट सुविधासहितका ल्यापटप राखिएका थिए ।
निर्वाचन आयोगकाअनुसार काठमाडौँ जिल्लामा भएका पालिकाहरुमा जम्मा १ हजार २६२ जनाले मनोनयन पत्र दर्ता गराएका छन् । जसमा मेयर पदका लागि १२५ जनाले, उपमेयर पदका लागि ५७ जनाले, वडाध्यक्ष पदका लागि ३३४ जनाले, महिला सदस्य पदका लागि १९१ जनाले, दलित महिला सदस्य पदका लागि १२९ जनाले र सदस्य पदका लागि ४२६ जनाले मनोनयन पत्र दर्ता गराएका छन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, १२ बैशाख २०७९, २२ : ०२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
काठमाडौं महानगरको बजेट आज नआउने
बालेनले बोलाएको ‘स्रोत अनुमान तथा बजेट सीमा निर्धारण समिति’ को बैठक रद्द
काठमाडौं महानगरको वेबसाइटमा अब वायु प्रदूषणको ताजा अवस्था हेर्न सकिने
राजु पाण्डेको निलम्बनपछि महानगरमा तनाव हुने भय, खटाइयो प्रहरी
काठमाडौं महानगरमा विदेशी कुकुर दर्ता गर्न अब २ हजार रुपैयाँ लाग्ने
प्लाष्टिकजन्य फोहोर नबाल्न महानगरको आग्रह