मुसीकोटमा माओवादी केन्द्र र नेकपा एसबीच समिकरण

सफल खबर संवाददाता

सोमबार, १२ बैशाख २०७९, १७ : ४७
मुसीकोटमा माओवादी केन्द्र र नेकपा एसबीच समिकरण

सुर्खेत । रुकुम पश्चिमको मुसीकोट नगरपालिकामा नेकपा माओवादी केन्द्र  र नेकपा एकीकृत समाजवादीबीच तालमेल भएको छ ।

मओवादी केन्द्रका तर्फबाट मुसिकोट नगरपालिकाकाे मेयरमा वसन्त शर्मा र नेकपा एसको तर्फबाट उपमेयरमा विमलकुमार पुनले मनोनयन दर्ता गरेका छन् । यसअघिकाे निर्वाचनमा यहाँ माओवादीले जितेको थियो । कांग्रेससँग समिकरण नगरेर नेकपा एससँग समिकरण भएपछि राजनीतिक गठजाेड फेरिएकाे छ ।

प्रतिक्रिया दिनुहोस