कोरोना अपडेट : थप २१ जनामा संक्रमण पुष्टि, १७ जना संक्रमणमुक्त

सफल खबर संवाददाता

सोमबार, १२ बैशाख २०७९, १७ : ११
कोरोना अपडेट : थप २१ जनामा संक्रमण पुष्टि, १७ जना संक्रमणमुक्त

काठमाडौं । पछिल्लो २४ घण्टामा नेपालमा थप २१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभर कूल ४ हजार ७७५ नमुना परीक्षणका क्रममा २१ जनामा मात्र कोरोना संक्रमण पुष्टि भएको हो । 

त्यस्तै कोरोनाका कारण आज कसैको पनि मृत्यु भएको भएको छैन भने थप १७ संक्रमित कोरोनामुक्त भएका छन् । हाल नेपालमा सक्रिय संक्रमितको संख्या २७१ रहेको छ ।